You are viewing the translated version of नागरिक एप बनाई प्रयोगमा ल्याउने.

Section 37A
नागरिक एप बनाई प्रयोगमा ल्याउने
(१) नेपाल सरकारले कम्प्युटर, मोबाइल फोन, ट्याबलेट वा यस्तै किसिमका अन्य विद्युतीय उपकरण मार्फत नागरिकलाई प्रत्यक्ष र शीघ्र सेवा प्रवाहमा पहुँच दिन नागरिक एप बनाई प्रयोगमा ल्याउनेछ।

(२) सङ्घ, प्रदेश .र स्थानीय तहका सार्वजनिक सेवा प्रवाह गर्ने मन्त्रालय, संवैधानिक निकाय वा केन्द्रीय, प्रदेश वा स्थानीयस्तरका कार्यालयहरूले आफ्नो स्रोत र साधनको उपलब्धताको _ आधारमा कम्प्यूटरीकृत सूचना प्रविधिलाई नागरिक एपसँग अन्तरआवद्धता (इन्टरलिङ्क) गरी प्रयोगमा ल्याउनु पर्नेछ।

(३) नागरिक एपको प्रयोग सम्बन्धी अन्य व्यवस्था (तोकिए बमोजिम हुनेछ।